Techie IT
×
गृहपृष्ठप्रदेशतमोर नदीमा बगेर दुई बालक बेपत्ता

तमोर नदीमा बगेर दुई बालक बेपत्ता


पाँचथर, ९ असार । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा रहेको तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीमा डुबेर बेपत्ता भएका हुन् ।

आँप खान तमोर नदीको किनारमा गएका उनीहरु बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थन्दारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको उनले बताए ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस