Techie IT
×
गृहपृष्ठप्रदेशजंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी


दाङ, ८ असार । वनबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा एक परिवारका ५ जना बिरामी भएका छन् ।

बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, स्वास्थ्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस