ओखलढुंगामा पहिलो कोरोना संक्रमित भेटिएको पुष्टि
ओखलढुंगा, ८ असार । ओखलढुंगाको लिखु गाउँपपालिकाका एक जनामा पहिलोपटक कोरोना पोजेटिभ देखिएको छ । भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।
पीसीआर परीक्षण गर्दा ती युवाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए। आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।
कोरोना पोजेटिभ देखिएका युवा क्वारेन्टाइनमा छन् । उनको अवस्था सामान्य रहेको छ । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ । भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।
क्याटेगोरी :
प्रदेश,
कोसी प्रदेश,
स्वास्थ्य
ट्याग : #Corona,
#hot