गुल्मीमा ४८ जनामा कोरोना संक्रमण पुष्टि
तम्घास, ५ असार । गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपती आर्चायले जानकारी दिए ।यो सँगै जिल्लामा संक्रमितको संख्या एक सय ५४ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
शुक्रबार संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना , गुल्मीदरवार गाउँपालिकाका १४ जना , इश्मा गाउँपालिकाका १२ जना , र मालिका गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
उनीहरुको उमेर समूह १६ देखि ५९ सम्मको रहेको र अन्य पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिनुभयो । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona