कोरोना महामारीबाट सुरक्षाका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक कामगरी खाने विपन्न वर्ग सबैभन्दा बढी पीडित बनेका छन् । त्यसरी पीडित बनेकाहरुका बारेमा धेरै चर्चा भएको छ । तर विपन्न महिलाको अवस्थाका बारेमा कमै ध्यान पुगेको छ । एकल महिलादेखि विपन्न परिवारका महिलाहरुको रोजगारीका प्रकृति धेरै किसिमका छन् । महिला कामदारका समस्याका बारेमा चर्चा हुँदा घरेलु महिला कामदार जहिले पनि ओझेलमा पर्ने गरेका छन् । धरानमा त्यस्ता घरेलु कामदार महिलाको संख्या ठूलै छ । कोरोना महामारीमा घोषित लकडाउनबाट उनीहरुको रोजगारी गुमेको छ ।
धरान १६ मा डेरा गरी वस्ने वर्ष २७ कि निशा खतिवडा यस्तै एक घरेलु महिला कामदार हुन । नेपालमा कोभिडको प्रकोप सुरु भएपछि गएको चैत १३ गतेदेखि उनी वेरोजगार भएकी छिन् । उनले काम गर्दै आएको घर मालिकले कामवाट छुट्टी दिएपछि उनको दैनिकी डेरामै थन्किएको छ । यति मात्र होइन यही समयमा उनलाई पतिले पनि छोडिदिए । साथमा रहेको ९ वर्षको छोरो बाबुले लिएर गएपछि निशा एक्लै भएकी छिन । अर्को आपत त उनलाई त्यतिवेला भयो जव नागरिकता नभएकै कारणले राहत समेत पाइनन् ।
नेपालमा कोभिडको प्रकोप सुरु भएपछि गएको चैत १३ गतेदेखि उनी वेरोजगार भएकी छिन् । उनले काम गर्दै आएको घर मालिकले कामवाट छुट्टी दिएपछि उनको दैनिकी डेरामै थन्किएको छ । यति मात्र होइन यही समयमा उनलाई पतिले पनि छोडिदिए । साथमा रहेको ९ वर्षको छोरो बाबुले लिएर गएपछि निशा एक्लै भएकी छिन । अर्को आपत त उनलाई त्यतिवेला भयो जव नागरिकता नभएकै कारणले राहत समेत पाइनन् ।
वर्ष ३३ कि सपना राई त्यस्तै अर्कि घरेलु महिला कामदार हुन् । श्रीमानको मृत्यु पछि एकल हुन पुगेकी राई संखुवासभावाट धरान आएर यस अघिसम्म महिला कामदारको रुपमा दैनिक जीवन गुजारा गर्दै थिइन । लकडाउन शुरु भएदेखि उनी पनि वेरोजगार भएकि छिन् । उनी एकल महिला भएकीले साना छोरा छोरीको लालनपालनको सम्पूर्ण दायित्व एक्लै वहन गर्नुपर्ने विवसता उनमा छ । त्यस्तै पात्र हुन, धरान १२ मा डेरा गरी वस्दै आएकी टंकी राई । उनी पनि घरेलु महिला कामदारले लकडाउनमा भोग्न परेको मारबाट पीडित बनेकी छन् ।
उनको पतिसहित चार छोराहरु छन् । लेवरको रुपमा काम गर्ने उनको श्रीमान वेरोजगार छन् । कोभिड–१९ को कारणले सवैभन्दा वढी क्षति व्यहोरेको व्यवसाय मध्येको एक होटल व्यवसाय हो । संक्रमणको जोखिम उच्च भएको यस व्यवसायमा संलग्न कैयन हाल वेरोजगार छन् । होटलको कुकवाट विदा पाएपछि त्यस्तै नियती भोगि रहेका छन् टंकी राईको जेठो छोरो । उनी वाहेक घरका अन्य ५ सदस्यको लालनपालन उनकै जिम्मामा छ । निशा र सपना जस्तो उनी पूर्ण वेरोजगार नभएपनि उनी एक जनाको न्यून आयमा आश्रितको संख्या भने वढी छ ।
उनीहरु धरानमा लकडाउन पीडित महिला कामदारका प्रतिनिधि उदाहरण मात्र हुन् । धरान उप–महानगरपालिका वडा नं १२ र १६ को सिमानामा डेरा गरी वस्ने यी कामदार महिलाले भोग्न परेको अवस्था हेर्दा उप–महानगर भित्र रहेका ठूलो संख्यामा घरेलु महिला कामदारहरुले भोग्न परेको समस्याको अनुमान लगाउन कठिन हुन्न । थोरै समयमा सम्पर्कमा आएका घरेलु कामदार कला गुरुङ, अनु राई, साइली तामाङ, मैया दास लगायतको पनि कथा उस्तै छ । धरानमा लकडाउनका बेला हातमुख जोर्ने कामबाट बञ्जित भएका घरेलु कामदारमहिलाको एकिन संख्याका तथ्याङ भने कुनैपनि संस्थाले राखेको पाइन्न ।
उप–महानगरपालिका उप–प्रमुख मञ्जु भण्डारीका अनुसार घरेलु महिला कामदारको समस्यामा नगरपालिका बेखबर छ । उनले भनिन, ‘यस्ता कामदारको यकिन तथ्याङ्क पालिकासंग छैन । टोल सुधार समितिबाट यस्तो कुरा आओस ।’ नगर पालिका कार्यालयसँग सम्पर्क गर्दा धरानमा रहेका घरेलु कामदार महिलाको त्यस्तो कुनै तथ्याङ्क भने नभएको सामाजिक शाखाले पनि जनाएको छ ।
उप–महानगरपालिका उप–प्रमुख मञ्जु भण्डारीका अनुसार घरेलु महिला कामदारको समस्यामा नगरपालिका बेखबर छ । उनले भनिन, ‘यस्ता कामदारको यकिन तथ्याङ्क पालिकासंग छैन । टोल सुधार समितिबाट यस्तो कुरा आओस ।’ नगर पालिका कार्यालयसँग सम्पर्क गर्दा धरानमा रहेका घरेलु कामदार महिलाको त्यस्तो कुनै तथ्याङ्क भने नभएको सामाजिक शाखाले पनि जनाएको छ । शाखाका अधिकृत गणेश खतिवडाका अनुसार १८ वर्ष मुनिका घरेलु कामदारलाई उद्धार गरिएको तर अन्यलाइ केही गर्न नसकेको बताए । यस्ता घरेलु कामदारमा वृद्ध उमेर समूहको पनि रहेको उनको भनाई छ । विश्वव्यापी महामारी कोभिड–१९ वाट प्रभावित भएका क्षेत्रहरु पहिल्याउने काम सरकारी तथा गैरसरकारी निकायले गरेको छ ।
कृषि, उद्योग, पर्यटन वित्तिय क्षेत्र लगायत अन्य सेवाको संगठीत क्षेत्र भएकाले कति संख्या र हदसम्म प्रभावित भए त्यसको आंकडा निकाल्न सहजै होला । तर असंगठीत क्षेत्रमा परेको प्रभाव र त्यसवाट पीडितहरुको एकसरो तथ्याङक निकाल्न भने गार्हो छ । प्रत्येक कामकाजी, व्यवसायी, मध्यम वर्गीय परिवार संगठीत क्षेत्रमा रोजगारी पाएका प्रायः सबै परिवारले घरमा महिला कामदार राखेको देखिन्छ । यस्ता कामदारहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीको क्वाटरमा महिला कामदार कार्यरत छन् ।
धरानका प्रायः ७० प्रतिशत व्यापारी व्यवसायीको घरमा घरेलु महिला कामदार रहेका छन् । यसबाट धरान जस्तो शहरी विकासमा तिब्र रुपमा अघि बढेको शहरमा ठूलो संख्यामा घरेलु महिला कामदार रहेको अनुमान लगाउन सकिन्छ । तर लकडाउनको कारण गएको चैत महिनादेखि अधिकांश घरेलु महिला कामदारको रोजगारी खोसिएको छ । तथ्यांकको अभाव र उनिहरु पेशगत रुपमा संंगठीत नभएको हुँदा उनीहरुका समस्या बाहिर आउन सकेको देखिन्न ।
कामदारको आपूर्ति
यसरी घरेलु कामदारको रुपमा रहेका अधिकांस महिलाहरु कामको लागि गाँउवाट शहर आएकाहरु हुने गरेको देखिएको छ । शहरमा ठूला उद्योग व्यवसायमा काम पाउने आशाले उनीहरु शहर आउँछन् तर अन्त्यमा उनीहरुको नियती घरेलु कामदारमा सीमित हुन्छ । यस्ता कामदार महिलामाथी यौन शोषणको घटनाको उदहारणहरु पनि हुने गरेको कतिपय कामदार महिलाहरु बताउँछन् । नेपाल सरकार श्रम मन्त्रालयले तोकेको न्यूनतम ज्याला उनीहरुले पाएका छैनन् । कामको समय पनि उनीहरुको निश्चित हुँदैन । रोजगारीको सुरक्षा पनि र्छैन । उनीहरु कुनैपनि समय कामवाट निकालिन जोखिमको अवस्थामा बाध्यात्मक अवस्थामा काम गरिरहेको पाइन्छ ।
कोरोनाको महामारीमा यस्तै अवस्थाका कारण उनिहरु अहिले कामविहीन भएका हुन् । यसबारे महिला अधिकारकर्मीहरुले खोजबिन गरेर तथ्याङक संकलन गर्न सके उनीहरुको हकहितका लागि परिणाममुखी कामको शुरुआत गर्न सकिने छ । घरेलु महिला कामदारको अवस्था बारे संघीय सरकारको महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहित श्रम मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पनि ध्यानाकर्षण हुन जरुरी छ । संघीय महिला वालवालिका तथा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग २०७५ असोज १ गते ११ वुँदे सहमति र घोषणा पत्र पनि जारी गरेको थियो । तर, विडम्वना यो घोषणा पत्रमा घरेलु महिला कामदारलाई सम्बोधन गरिएन ।
घरेलु महिला कामदारको अवस्था बारे संघीय सरकारको महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहित श्रम मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पनि ध्यानाकर्षण हुन जरुरी छ ।
दोस्रो राष्ट्रिय महिला अधिकार दिवस २०७७ जेष्ठ १६ गतेको वैचारीक थिम “लैंगिक हिंसा र विभेदको अन्त्यः आर्थिक रुपान्तरण अबको गन्तव्य“ भन्ने रहेको छ । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको यो थिमलाई कार्यान्वयन गर्न पनि घरेलु महिला कामदार शिर्षकको अध्ययन अनुसन्धान तथा यसमा काम गर्ने महिला कामदारको सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न जरुरी देखिन्छ । श्रम सम्वन्धि नेपाल सरकार पनि अन्तराष्ट्र्यि अभिसन्धीको पक्ष राष्ट्र हो ।अन्तराष्ट्रिय श्रम संगठन अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन रोजगार नीति अभिसन्धि –१९६४ नेपालले अनुमोदन गरेको विषय हो । त्यस अन्तर्गत नै मानव स्रोत विकास अभिसन्धि अनुसार श्रम सम्वन्धि राष्ट्रिय योजना नीति तर्जुमा गर्नु जरुरी छ ।
निश्कर्ष
विभिन्न पहाडी जिल्ला तथा सिमाना जोडिएका गाउँहरुबाट रोजगारीका लागि धरान आउने सिलसिला वर्षौंदेखि जारी छ । रोजगारीको क्रममा आउने निम्न स्तरका जनसमुदायको चाप धरानमा बढेकोले कोरोना महामारीमा यसले नगरको व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । स्थानीय सरकारले आफ्नो नगरमा गरिवी निवारण अन्तर्गत शिपमूलक कार्यक्रम दिलाउन सकेको खण्डमा यस्तो जनशक्तिमार्फत नगरको आर्थिक जिवनलाई सहज बनाउन सकिन्छ । यसले शहरी गरिवीलाई पनि केही हद कम गर्न सक्छ । नगर पालिकाले यो जनशक्तिको एकिन तथ्याङ्क लिएर योजना बनाउनु पर्ने खाँचो टड्कारो छ ।
(धरान उप–महानगरपालिका र नेपाल पत्रकार महासंघको संयुक्त लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार पारिएको आलेख)
क्याटेगोरी :
प्रदेश,
प्रदेश १,
बिचार
ट्याग : #breaking,
#Corona