Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशरुकुम घटनामा ज्यान गुमाएका परिवारलाई एक दिइने

रुकुम घटनामा ज्यान गुमाएका परिवारलाई एक दिइने


कालीकोट, ३ असार । रुकुम घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले एक÷एक लाख रुपैयाँ राहत दिने भएको छ ।

रुकुम घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाको परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । मृतकका परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषद्को बैठकमा भएको हो ।

यस निर्णयले परिवारको पीडामा कम गर्ने प्रदेश सरकारले अपेक्षा लिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको ज्यान गएको थियो ।

भेरी नगरपालिका जाजरकोटका नवराज विक,सन्दीप विक, गणेश विक, टीकाराम सुनार, गोविन्द शाही र लोकेन्द्र सुनारले ज्यान गुमाएका थिए ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस