Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

हवाई भाडा कम गर्न माग गर्दै एनआरएन कुवेतले ज्ञापन पत्र बुझायो

दुताबासले गरेको राहत बितरणको बिबरण सार्वजनिक गर्न माग ।


कुबेत नेपाल सरकारले तोकेको हवाई भाडा महंगो भएको भन्दै गैर आवासीय नेपाली सँघ कुवेतले बुँदे माग सहित नेपाली दुताबासकुवेतलाई ज्ञापन पत्र बुझाएको

सरकारले कुबेत बाट काठमाण्डौ सम्मको एकतर्फी भाडा ४१० डलर तोकेको हवाई भाडा दर घटाउन टिकट काटन नसकीबिचल्लित अबस्थामा रहेका नेपालीहरुलाई उद्दार गरी लैजान लगायतका बुदे माग सहितको ज्ञापन पत्र एनआरएनको नेतृत्वमा सबैसंघ संस्थाहरुको ऐकबद्दता सहित नेपाल दुताबास कुवेतलाई बुझाएको सँघका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन्।   

सँघले दुताबासले प्रभावकारी काम गर्न नसकेको, फ़ोन नउठाएको गुनासो सहित अहिले सम्म दुताबासले गरेको राहत बितरण सार्वजनिकगर्न समेत माग गरेको

 

 

ज्ञापन पत्र:

मिति : २४ जुन, २०२०

श्री दुर्गाप्रसाद भण्डारी ज्यू,

राजदूत, नेपाली राजदूतावास कुवेत

विषय : ज्ञापनपत्र

महोदय,

उपरोक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड१९) ले विश्वलाई आक्रान्त बनाइरहेको यो अत्यन्तै कठिन समयबाट हामी गुज्रिरहेका छौं देशको अर्थतन्त्रको एकतिहाई बराबरको योगदान पुर्याउने वैदेशिक रोजगारमा रहेका श्रमिकमध्ये हामी कुवेतमा रहेका श्रमिक पनि यसमहामारीको कारण आपतमा छौं अत्यन्तै अप्ठ्यारोमा परेकालाई स्वदेश फिर्तिका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउनपटकपटक पहल भएको यहाँलाई थाहै तर कुवेतकाठमाडौंका लागि एकतर्फी ४१० अमेरिकी डलर भाडादर तोकेको दरमा पीडितकामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी गराउँछौं

आममाफी पाएकालाई सेल्टरसम्म पुर्याउन, पीडितलाई राहत उद्धार गर्न एनआरएनए लगायतका संघसंस्थाका प्रतिनिधि आफ्नोजिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवामा जुटेको पनि यहाँलाई अवगत नै यो काममा सहकार्य गरिदिएकोमा नेपालीदूतावास, कुवेतलाई पनि धन्यवाद तर हवाई टिकट सहुलिय गराउनको लागि दूतावासले  समन्वय सहकार्य गर्न जरुरी ठानेन।महामारी भन्दा अघिका समयमा कुवेतकाठमाडौ नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेरसहुलियत भाडादरमा उडाउन कुनै प्रयास गरिएन विदेशी भूमिमा खानबस्न नै समस्या परेकाहरु नेपाल एयरलाइन्स हिमालयएयरलाइन्सले तोकेको महँगो भाडादरमा नेपाल फर्कन बाध्य भएका छन् उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउमाथिनुनचुक छर्कने काम भएको साथै अत्यन्तै महँगो भाडादरका कारण स्वदेश फिर्ता हुन नसक्दाको तनाव तथा पिडाबाट उत्पन्नपरिस्थिति निराशाबारे पनि यहाँहरुलाई जानकारी नै होला यो परिस्थितिको सामना गर्न नसकेर आत्महत्या गरेको समाचार आउँदाहामीलाई दुःख लागेको यो अप्ठ्यारो परिस्थितिमा यस्ता घट्ना नदोहिरियोस भन्नेतर्फ सबैले सजगता अपनाउनु पर्छ भन्ने कुरामाध्यानाकर्षण गराउन चाहन्छौं महामारीले मानव जीवनमा अकल्पनीय क्षति पुर्याएको देश महामारीविरुद्ध कठिन लडाईंमा जस्तोसुकै अप्ठ्यारोकाबिच पनि आफ्नो नागरिकको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ तसर्थ पीडितलाई सजिलो गरी उद्धारगरिदिन हुन तपशिलका बुँदाहरु सहित नेपाली राजदूतावास, कुवेतसमक्ष अनुरोध गर्दछौं    

) रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका बिमारीले नेपाल सरकारले तोकेको ४१०अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुर्नविचार गरी भाडादर तोकिदिन हुन। सस्तो भन्दा सस्तो दरमा नेपाल लैजानका लागिप्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्नु हुन

) लामो समयदेखि बिमारी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमापरेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिकरोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन हुन

) नेपाली राजदूतावास, कुवेतबाट समयमा आवश्यक सूचना प्राप्त नहुने वा सूचना लुकाउने जनगुनासो बढेको फेसबुक पेजबाटअन्तिम समयमा सार्वजनिक गरिएका कतिपय सूचनाले सर्वसाधारण अन्योलमा परेकाले समयमै सही सूचना दिनुहुन

) खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिकपटकपकट दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध नेपालीराजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन

) नेपाल सरकारले खाडी मुलुकमा कार्यरत अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमाकति आएको भन्ने विषय सार्वजनिक गरी  पीडितलाई  यथाशिघ्र उद्धार गर्न हुन

) दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर इमोनम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न हुन

) कोरोना महामारिको कारण  सर्वसाधारण गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने अस्पतालमा उपचार पाउननसकेकाहरुकोलाई अस्पताल वा सम्बन्धि निकायसङ्ग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन हुन।

 

 

बोधार्थ

नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौं

वैदेशिक रोजगार बोर्डको सचिवालय, काठमाडौं

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय काठमाडौं

नेपाली कांग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर

जनता समाजवादी पार्टी, केन्द्रीय कार्यालय काठमाडौं

नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय काठमाडौं


क्याटेगोरी : प्रवास

प्रतिक्रिया


ताजा अपडेट