उद्दारमा नेपाल सरकार असक्षम भएको एनआरएन यूएईको ठहर
नेपाल सरकारलाई आवश्यकता महशुस भएमा एनआरएनए यूएई सेवामा तत्पर रहेको

यूएई । गैर आवासीय नेपाली सँघ, यूएईले उद्दार कार्यमा नेपाल सरकार असक्षम भएको भन्दै सरकारको घोर भर्त्सना गरेको छ ।
सँघले आईतबार एक बिज्ञप्ति जारी गर्दै नेपाल फर्कने नेपालीहरुको उचित ब्यवस्थापनमा उचित पहल गर्न माग गरेको छ ।
संस्थाका महासचिव निश्चल दहाल र अध्यक्ष प्रकाश कोईरालाद्वारा हस्ताक्षर गरी जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘ गर्भवती महिलाहरुको उद्दार ब्यवस्थापनमा सरकार असक्षम साबित भएको छ, जसको हामी घोर भर्त्सना गर्दछौं ।’
आवश्यक परेमा नेपाल सरकारलाई सहयोग गर्न सँघ तयार रहेको समेत सँघले जनाएको छ ।
क्याटेगोरी : प्रवास
प्रतिक्रिया