जापानमा सडक दुर्घटना हँदा दुई जना नेपालीको मृत्यु

जापान, ३ जेठ । जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको छ। जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहरीले उनीहरूको नाम खुलाएको छैन ।
मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : प्रवास
ट्याग : #hot, #japan, #nepali death
प्रतिक्रिया