Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिअर्थमन्त्रीको विदाइ हुने

अर्थमन्त्रीको विदाइ हुने


१ असार, काठमार्डौं । पार्टीभित्र चर्काे विरोध हुँदाहुँदै अर्थमन्त्री कायम गरिएका, वरिस्ठ नेता वामदेव गौतमलाई भन्दा महत्व दिएर राष्ट्रिय सभामा लैजान बल गरिएका अर्थमन्त्री डा.युवराज खतिवडा यो बजेटसम्म आउँदा प्रधानमन्त्री केपी शर्मा ओली आफैं अप्ठ्यारोमा परेको महसुस गरेर हटाउने योजनामा रहेको वालुवाटार स्रोतले जनाएको छ ।

विद्युतीय गाडी खरिदकर्ताहरुलाई सूचना चुहाएकोदेखि बजेट आत्मनिर्भरभन्दा विदेशी मुखापेक्षी भएको, कृषि, स्वास्थ्य, शिक्षामा सही ढंगले बजेट विनियोजन नभएको भन्दै पार्टीभित्रबाट बजेटको चर्काे आलोचना भइरहेको छ । समाजवादी अर्थनीतिर देशलाई लैजानुपर्ने कम्युनिस्ट सरकारले डा. रामशरण महतका उत्तराधिकारी निजीकरण, उदारीकरणका विदेशी भरिया डा. युवराज खतिवडालाई एकछिन पनि राख्नु नहुने मत पार्टीमा निरन्तर उठिरहेको हो ।

विद्युतीय गाडीका विक्रेताहरुसँग अर्थमन्त्रीको लामो समयदेखि विशेष साँठगाँठ रहेको र उनीबाट नै सूचना चुहाउने काम भएको निश्कर्षमा प्रधानमन्त्री केपी पनि पुगेको बालुवाटार स्रोत बताउँछ ।

पार्टीलाई नै चुनौती दिएुर अर्थमन्त्री बनाएको र राष्ट्रियसभामा लैजान खोजेका अर्थमन्त्रीलाई कायम राखिरहदा एकातिर पार्टीमा अनावश्यक संघर्ष भइरहने र अर्काेतिर अर्थमन्त्रीको गलत कामको नैतिक भारी प्रधानमन्त्रीले बोक्ने भएकाले उनलाई अर्थमन्त्रीबाट तत्काल विदाइ दिने निश्कर्षमा पुगिसकेको बताइन्छ ।

‘पार्टीभित्रको अहिलेको संघर्ष रोकिएमा समग्र मन्त्रीमण्डल पुनर्गठन गर्ने, त्यही प्रक्रियामा अर्थमन्त्री पनि हटाउने, होइन प्रधानमन्त्रीले एक्लै निर्णय गरेर जाने भए पनि अर्थमन्त्रीको वदनामीको भारी अब नबोक्ने निश्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ’, बालुवाटार स्रोतको दावी छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस