Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिभारतसँग सीमा खुल्ला राख्नु हुँदैन : पम्फा भुसाल

भारतसँग सीमा खुल्ला राख्नु हुँदैन : पम्फा भुसाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी सदस्य एवम् सांसद पम्फा भुसालले भारतसँगको सीमा अब खुला राख्न नहुने बताएकी छन् । ‘अब खुला सीमा सायद हुन्न । हामीलाई कोरोनाले एउटा पाठ सिकाएको छ । कोरोना त केही महिनामा नै जाला तर नेपालको सार्वभौमसत्ता, स्वत्नत्रता, कालान्तरसम्म रहला । त्यसैले सीमालाई व्यवस्थित गर्नेबारे सोच्नैपर्छ’, उनले भनिन् ।

नेपाल भारतका नागरिकलाई आवतजावत गर्नका लागि निश्चित नाका तोकेर सीमामा तारबार लगाउनुपर्ने र नियमन गर्नुपर्ने सांसद भुसालको माग थियो । सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा राखेकोलाई संवैधानिक मान्यता दिन ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलका क्रममा नेकपाका अर्का स्थायी सदस्य एवम् सांसद भीम रावलले पनि भारतसँगको सीमा नियमनको पक्षमा बोलेका थिए ।

सांसद भीम रावलले भारतसँगको सीमा अन्तर्राष्ट्रिय कानुनअनुसार नियमन गर्ने प्रस्ताव आफू गृहमन्त्री रहेको बेलामा गरेको स्मरण गर्दै त्यो कदम अबको सरकारले चाल्नुपर्ने धारणा राखेका थिए । उनले त्यतिबेला भारतले कुरा अन्तै मोडेको पनि बताए । खुला सीमाबाट तस्करी लगायतका अपराधिक घटना भएको आरोप लगाउने भारतले त्यसमा सहमति जनाउनुपर्ने उनको धारणा थियो ।

‘अब समय आएजस्तो लाग्दछ । कोरोनाका कारण भारतलगायतले अन्तर्राष्ट्रिय सीमा नियमन गरका छन् । सन् १९५० को सन्धिमा कहीं पनि दुई देशको सीमा अन्तर्राष्ट्रिय कानुनबाट नियमन हुनेछ भन्ने लेखिएको छैन । हामी त्यो कुरालाई पनि सम्झिउँ’, उनले भने, ‘अब अन्तर्राष्ट्रिय कानुनबाट हाम्रो सम्पूर्ण सीमा नियमन गर्नुपर्दछ ।’


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस