Techie IT
×
गृहपृष्ठराजनीतिसमानान्तर कमिटीमा बस्नेलाई पार्टीले कारबाही गर्छ : विशाल भट्टराई

समानान्तर कमिटीमा बस्नेलाई पार्टीले कारबाही गर्छ : विशाल भट्टराई


काठमाण्डौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन्। उनले ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्नेसमेतलाई कारबाही गर्ने दिशामा पार्टी अगाडि बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उनले बताए । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि उनले बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)