Techie IT
×
गृहपृष्ठराजनीतिपरिवार दलको कर्णाली र प्रदेश २ को भेला सम्पन्न

परिवार दलको कर्णाली र प्रदेश २ को भेला सम्पन्न


काठमाण्डौ । लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमाक्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्वलाई परिवार दलले सम्मान गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रीएकनाथ ढकालले उनीहरुलाई राजधानीमाआयोजित छुटा छुटै कार्यक्रमासम्मान गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिस्ठानका, सिस्नुपानी नेपालका सदस्यकलाकार धिरेन्द्र प्रेमसीझा, लोक तथाआधुनिकगायिका टिका पुन, मैथली भाषाबिज्ञ रुपाझा, कलाकार उदिराम खड्का, एन्जलश्रेष्ठ लगायतलाई सम्मान गरेकाहुन् ।

यसरी सम्मानितहुनेअन्यमायुवा बैज्ञानिक बसन्तकुमार शाही, सुपर मेमोरी किङ बिजयशाही, गिनीज बुक रेकडिस्ट, मंगल बिस्ट, गायीका प्रभिमा गहतराज, गायीका स्मृतिशाही, गायक सरोज सुनाम,कलाकार लक्ष्मीशाही, पूर्व राष्ट्रसेवक,टिकारा गिरी, युवा ब्यबसायीद्धय, नरेन्द्र राययादव, सन्तोष कुमार शाह, काजल जैशवाल, गुन्डु खानलगायत रहेका छन् । परिवार दल काठमाण्डौ–कर्णालीप्रदेश र प्रदेश २ सम्र्पक समितिद्धारा आयोजना गरेको छुटा छुटै कार्यक्रममाउनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।

सम्मान पछि बोल्दै अध्यक्ष ढकालले प्रत्यक्षकार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीयब्यबस्थाको देशलाई खाँचो रहेको बताए । उनले जनतालाई दुःखदिएर गरिने कुनै प्रकारको आन्दोलनमा परिवार दलको समर्थन नरहने भन्दै सडक प्रर्दशनलाई रोक्नदलहरुलाई आवहान समेत गरे ।

पूर्वमन्त्री समेत रहेका ढकालले ब्यबस्था परिर्वतनभएपनि नेतृत्व परिर्वतननभएकोले अहिलेको अवस्था सृजनाभएको भन्दै संबिधानले दिएको अधिकार प्रयोग गर्न समेत अहिलेकादलहरुले नदिएको बताइ । उनले अहिलेको परिर्वतनलाई संस्थागतगर्नको लागिनयाँ सोच सहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।

अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्चअदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथगर्ने बताएउनले सबोच्चले निर्बाचनमाजाने आदेश दिए परिवार दलले निर्बाचनमाभागलिने बताए । उनले त्यसकै लागि परिवार दलले प्रदेश भेलाआयोजना गरेको उल्लेख गरे ।

ढकाललेनिर्वाचनमाजाँदा परिवार दललेजुन सुकै राजनीतिकदलसँगपनि सहकार्य गर्न सकिने बताउँदै नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथगदै अगाडि बढेको उल्लेख गरे ।

समारोहमाबोल्दै दलकामहामन्त्रीबिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथीलोकतन्त्र सबै नेपालीलाई जोड्ने पुलबन्ने बताए । डाँगीले नेपालीजनताका हरेक दुखमानिस्वार्थ साथदिने तथाबोल्ने भन्दाकाममा केन्द्रितहुने पार्टीको नाम परिवार दलहो भन्दै दलले गरेकाकामहरुको जानकारी दिए ।

परिवार दलकाप्रवत्ता सन्तोष कुमार पौडेलले नयाँबिचार दिएर हिडेको राजनीतिकदललाई ठूला भनाउँदादलहरु उठन नदिएकोबताउँदै यस्को बिरुद्धमा अवयुवाहरुले आवाज उठाउने बेलाआएको बताए । नयाँ पुस्तालाई आशादिने दललाई अवको जनमतदिनआग्रह गैदै परिवार दलत्यो बिकल्पहुन सक्ने बताए ।

दलकी कोषाध्यक्षएवम् संबिधान सभा सदस्यमिलनकुमारी राजबंशीले नेताभन्दाजनताचलाखभईसकेकोले अबकुनै पनि राजनीतिकदलको झुटो आश्वासनमा नेपालीजनतानपर्ने बताउँदै पुराना राजनितिकदलले देशको मुहार फेर्न नसक्ने बताईन । शनिबार आयोजितदुबै कार्यक्रममादलका केन्द्रीय सदस्यमनोज कुमार सुर्खेति, गणेश कुमार श्रेष्ठ, मनोज लाल कर्ण, रामचन्द्र चौधरी, लक्ष्मी प्रसाद भण्डारी, सन्तोष दास लगायतकाबत्ताहरुले अवको राजनीतिकदलको बिकल्प परिवार दलभएको बताए । भेलाले काठमाण्डौ– कर्णाली सम्पर्क समितिको संयोजकमा नेत्र शाही, सचिवमा सुनिल संञ्जेल,सहसचिवमाकबिराजबिकलाई चयन गरेको छ भने काठमाण्डौ– प्रदेश २ सम्पर्क समितिको संयोजकमा गुन्डु खानलाई चयन गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)