काठमाडौ । चुनाव हुने भए यो पटक निर्वाचन मतपत्रमा सूर्य चिन्ह नउदाउने आंशका बढेर गएको छ ।
सूर्य चिन्ह्मा दुबै पक्षले दाबी गरिरहेका बेला दुबै पक्षको आलोचनाबाट बच्न आयोगले सूर्य चिन्ह् कसैलाई नदिने निर्णय गर्ने हो कि भन्ने चर्चा चल्न थालेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो भनेपछि आंशका थप बलियो बन्न पुगेको हो ।
देउवाले सोमबार भैरहवामा दुवै समूहलाई फरक–फरक चुनाव चिह्न चिन्ह् दिएर आयोगले छिटो निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुपर्ने धारणा राखेकाले यस्तो चिन्ता नेकपाका दुबै खेमामा बढेको हो ।
प्रचण्ड –नेपाल समूहका नेताहरूले सूर्य चिन्ह् नदिने आंशका बढाएको धारणा सार्वजनिक गरेका छन ।
सो समूहले यस्तो गरे यस विरूद्ध अदालतमा मुद्दा दिने तयारी गरिरहेको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेकपा विवादले सिंगो नेपाली राजनीतिक तरङ्गित हुन पुगेको हो । नेकपाका दुबै समूहले पार्टीमाथिको औपचारिक दाबीका लागि पहल गरिरहेका छन ।
आयोगले गर्नुपर्ने निर्णय सार्वजनिक हुन बाँकी छ भने प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासबाट छिनोफानो हुन बाँकी रहेको छ ।
पार्टीको केन्द्रिय समितिको बहुमत सदस्यहरूको आधारमा यसअघि गरिएका निर्णयको आधारमा पार्टीको चुनाव चिन्ह् र औपचारिकता प्रचण्ड नेपाल समूहले पाउनेमा कुनै शंका रहेको छैन ।
तर प्रधानमन्त्री ओलीले संविधान नै नमान्ने छवि प्रस्ट पारेका बेला के होला त्यसै भन्न सकिने अवस्था रहेको छैन ।
क्याटेगोरी :
राजनीति,
समाचार,
संसद
ट्याग : #breaking