Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीति“७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरित”

“७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरित”


काठमाडौं, ७ असार । सत्तारुढ नेकपाका सांसद तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरित रहेको बताएका छन् ।

सांसद यादवले समय छँदै मण्डले राष्ट्रवादी चिन्तनबाट मुक्त भएर देशभक्तिको भावनाले ओतप्रोत भई राष्ट्रिय समहती अनुसार नागरिकता ऐन संशोधन गर्न पनि माग गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्तावप्रति सांसद यादवले आपत्ति जनाएका हुन् ।

आइतबार बिज्ञप्ति जारी गर्दै यादवले नेपालको भारतसंगको सांस्कृतिक, धार्मिक, भाषिक तथा आर्थिक सम्बन्ध वैदिक कालदेखि रहि आएको हुँदा रोटी–बेटीको सम्बन्ध भएको र नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुबीच वैवाहिक सम्बन्ध हुने गरेको भन्दै उनले ७ वर्षसम्म नागरिकता नपाउँदा उनीहरु राज्यविहीन हुने र राजनीतिक, आर्थिक, सामाजिक लगायतका शोषणमा पर्ने जनाएका छन् ।
साथै उनले यस्तो प्रावधानले मधेशमा शोषण र उत्पिडन झन मौलाउँदै जाने हुँदा महिलाहरुको विकास, उन्नती, प्रगती र समृद्धिमा कुठाराघात हुने बताए ।

सांसद यादवले समय छँदै मण्डले राष्ट्रवादी चिन्तनबाट मुक्त भएर देशभक्तिको भावनाले ओतप्रोत भई राष्ट्रिय समहती अनुसार नागरिकता ऐन संशोधन गर्न पनि माग गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस