Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीमा नेपाल पक्ष अविश्वास प्रस्तावबाट ‘ब्याक’ मुख्यमन्त्रीद्धारा सचेतकमा शाहीलाई नियुक्त

कर्णालीमा नेपाल पक्ष अविश्वास प्रस्तावबाट ‘ब्याक’ मुख्यमन्त्रीद्धारा सचेतकमा शाहीलाई नियुक्त



सुर्खेत २७ असोज/ मुख्यमन्त्री शाही विरुद्ध आइतवार कर्णाली प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्ताववाट नेता नेपाल पक्षका सांसदहरु ब्याक भएका छन ।
प्रचण्ड पक्ष र नेपाल पक्षविच मन्त्रीपरिषद पुर्नगठन गर्ने सहमति भएपछि नेपाल समुहले आफनो अविश्वासको प्रस्ताव फिर्ता लिने भएका हुन । कर्णालीमा माधवकुमार नेपाल पक्ष अविश्वास प्रस्तावबाट ब्याक हुने भएपछि मुख्यमन्त्री शाहीले नेपाल समुहका कालिकोट वाट निर्वाचित सांसद शाहीलाई नियुक्त गरेका हुन । अव नेपाल समुहले थप ३ जना मन्त्री पाउने सहमती भएको छलफलमा सहभागी एक नेताले वताए । यस अघि नेपाल समुहका प्रकाश ज्वाला मन्त्री भएका छन ।
हस्ताक्षर गर्ने १८ जना सांसदहरुमा बरिष्ठ नेता माधव नेपालसमूहका सातजना प्रदेश सदस्यले पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । ओली पक्षका पुर्वमन्त्री तथा नेकपा प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्रवहादुर शाहीले दलको सचेतक कुर्मराज शाहीलाई नियुक्त गरेका छन ।
मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएपछि आज शाहीलाई सचेतक नियुक्त गरेका छन । नेता नेपाल समुहका सांसद कुर्मराज शाहीलाई नियुक्त गरिएपछि मुख्यमन्त्री शाहीलाई नेता नेपाल समुहको सहयोग हुने भएको छ । आइतवार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णलीमा विवाद चुलिएको थियो । शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले कात्तिक ७ गते विहान ११ वजे वैठक वोलाएकी छन ।


क्याटेगोरी : राजनीति, समाचार, संसद, कर्णाली प्रदेश
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार