Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश ५प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान


बुटवल, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो ।

मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ ।

८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले ह्वीप पनि जारी गरेकाले प्रस्तावको पक्षमा मत पुग्ने भएको हो ।


क्याटेगोरी : राजनीति, संसद, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस