Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिजनयुद्धकै उपलब्धीमा रम्ने, जनयुद्धलाई नै गाली गर्नेे कमरेड ?

जनयुद्धकै उपलब्धीमा रम्ने, जनयुद्धलाई नै गाली गर्नेे कमरेड ?


काठमाडौं, ३० भदौ । पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले तत्कालिन नेकपा (माओवादी)ले आयोजना गरेको जनयुद्धप्रति कडा अभिब्यक्ति दिएका छन् । जनयुद्धकै बलमा नेपाली जनताले राजतन्त्र फ्याकेको, लोकतान्त्रिक गणतन्त्र हात लागेको, नयाँ संविधान जारी भई देश समाजवादतर्फ उन्मुख भएको मात्र नभई उनले प्राप्त गरेको सांसद पद पनि जनयुद्धकै उपज हो ।

युद्धमा माओवादीको तर्फबाट भन्दा तत्कालिन राज्यसत्ताको तर्फबाट धेरै मानिसहरु हत्या गर्ने, बेपत्ता र अंगभंग बनाउने कार्य भएको छ ।

दीगो शान्ति स्थापनार्थ बृहत शान्ति सम्झौता भई हाल बेपत्ता आयोग गठन भई त्यसले काम अघि बढाएको छ ।
युद्ध आफैंमा निर्मम हुन्छ भन्ने कुरा कमरेड बाँस्कोटाले बुझेकै हुनुपर्छ । हाल बाँस्कोटा र तत्कालिन जनयुद्धको थालनी गर्ने नेकपा माओवादी एकै पार्टी बनेको छ । तर पनि कमरेडको मनमा तुष भने अझै सकिएको छैन ।

जनयुद्धमा माओवादीले ‘सफाया’ गरेका एक काभ्रेली नेता कृष्णप्रसाद सापकोटाको स्मृती गर्दै बाँस्कोटाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘द्वन्दकालमा भएको त्यो हत्याले शायद कहिल्यै न्याय पाउने छैन ।’ यो उनले आगामी निर्वाचनमा सहानुभूतीको भोट तान्ने खेल अहिल्यैदेखि खेलेको प्रस्टै हुन्छ ।

उनले फेसबुकमा पोष्ट गरेको स्टाटस यस्तो छ,

‘काभ्रेली जनताका प्रिय नेता, एक क्रान्तिकारी योद्धा, कुसल संगठक, सामाजिक अभियन्ता, तत्कालिन एमालेका जिल्ला सदस्यको निर्मम हत्या भएको आज अठार वर्ष भएको छ। द्वन्दकालमा भएको त्यो हत्याले शायद कहिल्यै न्याय पाउने छैन। केवल भुमिगतकालदेखि जनप्रतिनिधीको रुपमा उहाँले खेलेका सकारात्मक अनि निर्भिक भुमिका हामीसँग ताजा छन्।

तपाई र अरु तीन सहयोद्धाको सम्झना चिरस्थायी बनाउन शालिकसहितको भब्य पार्क निर्माणाधिन छ। जहाँ तपाईं समेतका वीर सपुतका योगदानका कथा सधैँ सधैँलाई जीवन्त बनाईने छ । अबका केही महिना भित्रै । रयाले पनौती १ मा हामी पटक पटक तपाईको शालिकमा श्रदाका फुल चढाउने छौँ र निरन्तर परिवर्तनको यात्रामा लागिरहने छौँ। हार्दिक श्रदाञ्जी !!!’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस