Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिमन्त्री रामेश्वर यादवको पद धराप

मन्त्री रामेश्वर यादवको पद धराप


काठमाडौ । नेकपा वागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालका कारण श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको पद धरापमा परेको छ । मन्त्री यादवले आफू मन्त्रालयमा आए लगत्तै यसअघिका मन्त्री गोकर्ण विष्टले ठगी अभियोगमा कारवाही अघि बढाएपछि फरार रहेका कालोसूचीका मेनपावर मेडिकल माफियाहरुलाई वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सदस्य नियुक्ति गरेदेखि नै विवादमा परेका थिए ।

मलेसियामा नेपाली कामदार पठाउँदा मेडिकल गर्ने भनेर बायोमेट्रिकमा सिण्डिकेट लागू गरी मासिक पचास लाख भन्दा बढी असुल गरेको आरोप लागेका कैलाश खड्काले सरकारले कारवाही अघि बढाएपछि उनी दुई वर्षदेखि फरार थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुले संरक्षण दिएकी थिइन ।

गोकर्ण विष्ट गएर रामेश्वर मन्त्री बनेको एक सातामै प्रहरीको फरार सूचीमा रहेका कैलाश र कतार रोजगारीमा कैलाशको जस्तै सिण्डिकेट लागू गर्न लागिरहेका हेम गुरुङ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा नियुक्त भएका थिए । कैलाशको नियुक्तिमा ५० लाखको चलखेल भएको हल्ला चलेपछि बालुवाटारले बुझ्दै जाँदा नारायण दाहालले सेटिङ मिलाएको खुलेको बताएको थियो । वैदेशिक रोजगारीमा दुःख पाएका वा ठगिएर फर्किएका कामदारको हितमा काम गर्ने बोर्डमा ठगलाई नै नियुक्ति दिइएपछि ठूलो विरोध भयो । विरोधपछि गुरुङले राजीनामा दिए पनि कैलाश यथावत छन् ।

यता गुरुङले नारायण दाहाल र मन्त्रीसँगको मिलेमतोमा कतार रोजगारीमा सिण्डिकेट लागू गर्ने खेल थालेका छन । आरजुका भाइ भूषण राणासहितको संलग्नतामा काठमाडौं महाराजगञ्जमा कतार भिसा सेन्टर स्थापना गरेर अब सबै काम उनीहरूले मात्र गर्न पाउने गरी मन्त्रालयबाट स्वीकृति लिदैंछन । गोकर्ण विष्टको पालामा सिण्डिकेट लागू गर्न नपाएको गिरोह अहिले मन्त्रीलाई पालेर बसेको छ । मन्त्री यादव पुनर्गठनमा फालिने चर्चापछि रातारात कतार भिसा सेन्टरलाई सिण्डिकेट अनुमति दिने तयारी भएको छ । मन्त्री यादवले मेनपावरको धरौटीमा समेत समय थपेर डेढ करोड उठाएको आरोप संसदमै लागेको थियो ।

सिण्डिकेटको बिरोध

व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले पनि श्रमिक आपूर्ति र त्यसको प्रक्रियामा सिण्डिकेट लाद्न लागिएको चर्चाबारे मुख खोलेको छ । संघका अध्यक्ष विष्णु गैरेले विज्ञप्ति निकालेर अहिले चर्चा गरिएजस्तो सिण्डिकेट लादिएमा संघले त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् । संघले स्वच्छ प्रतिस्पर्धा वातावरण बिग्रने गरी कुनै पनि नामको एकाधिकार, संरक्षणवाद र सिण्डिकेट लागू नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

केही व्यवसायीहरु कतारको श्रमिक आपूर्तिमा सिण्डिकेट लाद्न अघि सरेको वैदेशिक रोजगार व्यवसायी संघ सम्बद्ध एक पदाधिकारी बताउँछन् । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई नारायण दाहाल, आरजु देउवाका भाइले कतारस्थित नेपाली दूतावासका अधिकारीसमेत प्रयोग गरी मनाइएको दावी उनको छ ।

कतारको रोजगारीमा सीमित व्यवसायीलाई मात्रै सहभागी गराउने विषयमा मन्त्रीले सकारात्मक जवाफ दिएका छन् । उनी चाँडै निर्णय गर्ने पक्षमा रहेको बताइन्छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस