Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारघाइते सांसद गजुरेलप्रति ‘मिडिया प्रोपोगाण्डा’ किन ?

घाइते सांसद गजुरेलप्रति ‘मिडिया प्रोपोगाण्डा’ किन ?


काठमाडौं, १ असार । प्रतिनिधिसभामा सत्तारुढ नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद हरिवोल गजुरेलप्रति ‘मिडिया प्रोपोग्राण्डा’ भएको छ । केही अनलाइन मिडियाले मनगणन्ते समाचार सम्प्रेषण गरेर सांसद गजुरेलको राजनीतिक चरित्र हत्या गर्ने दुस्प्रयास गरेका छन् ।

जेठ २८ गते बुधबार गजुरेल प्रतिनिधित्व गर्ने गृह जिल्ला सिन्धुलीको विशेष कामको सिलसिलामा बागमती प्रदेशको राजधानी हेटौंडा गएका थिए । सोही बेला स्वकीय सचिव बिदुर खड्काको आफन्तको घरमा बास बस्दा ट्वाईलेटमा चिप्लिएर लडी हिप र मेरुदण्डमा गम्भीर चोट लागेकाले उनी ऐतिहासिक संविधान संशोधन विधेयक पास गर्ने बैठकमा सहभागी हुन सकेनन् ।

कसैको बारेमा समाचार सम्प्रेषण गर्दै गर्दा पत्रकारले पत्रकारिताको न्यूनतम धर्म र शिद्धान्त परिपालन गर्नु पर्छ । गजुरेल किन सदनमा अनुपस्थित भए भनेर उनको प्रतिकृया समाचारमा उल्लेख गर्नु अनिवार्य थियो । तर अनलाइनमा प्रकाशित समाचारहरुमा गजुरेलको कुनै ‘कोट’ गरिएको पाइँदैन ।

 

त्यस बारेमा आफुले नेकपाका मुख्य सचेतक देव गुरुङलाई जानकारी गराएको र उक्त कुरा सम्पूर्ण जनसमूदाय र पार्टी पङ्तिमा जानकारी नहुँदा बिभिन्न अनलाइन मिडियाले गजुरेल भारत परस्त रहेकाले संविधान संशोधन विधेयक पास गर्ने बैठकमा नगएको भन्ने आशयका ‘प्रोपोगाण्डा’ हरु लेख्न भ्याए । यस्तो अनुमान गरि लेखिने समाचारले नेपाली पत्रकारिता र आमपत्रकार जगतललाई नै शीर झुकाउन बाध्य बनाएको छ ।

कसैको बारेमा समाचार सम्प्रेषण गर्दै गर्दा पत्रकारले पत्रकारिताको न्यूनतम धर्म र शिद्धान्त परिपालन गर्नु पर्छ । गजुरेल किन सदनमा अनुपस्थित भए भनेर उनको प्रतिकृया समाचारमा उल्लेख गर्नु अनिवार्य थियो । तर अनलाइनमा प्रकाशित समाचारहरुमा गजुरेलको कुनै ‘कोट’ गरिएको पाइँदैन ।

कसैको राजनीतिक, सामाजिक, ब्यक्तिगत चरित्र हत्या गर्न पत्रकारिता जगतलाई छुट छैन । यदि गर्नै छ भने पनि प्रमाण अनिवार्य छ । अन्यथा यस्ता समाचार र पत्रकार बिरुद्ध प्रेस काउन्सिलमा उजुरी हाल्न सकिने कानुनी प्रावधान छ । र सांसद गजुरेलको ‘केश’मा पनि उनको सचिवालयले पक्कै कानूनी बाटो समात्ने छ । दोषीलाई कानुनी कठघरमा उभ्याउने छ ।

 

कसैको राजनीतिक, सामाजिक, ब्यक्तिगत चरित्र हत्या गर्न पत्रकारिता जगतलाई छुट छैन । यदि गर्नै छ भने पनि प्रमाण अनिवार्य छ । अन्यथा यस्ता समाचार र पत्रकार बिरुद्ध प्रेस काउन्सिलमा उजुरी हाल्न सकिने कानुनी प्रावधान छ । र सांसद गजुरेलको ‘केश’मा पनि उनको सचिवालयले पक्कै कानूनी बाटो समात्ने छ । दोषीलाई कानुनी कठघरमा उभ्याउने छ ।

घटना र विषयको सत्य र गहिराइमा नपुगी सतही टिप्पणी गर्ने र आक्षेप लगाउने काम भएकोप्रति सांसद गजुरेलले पनि दुःख ब्यक्त गरेका छन् । उनले त्यस्ता भ्रामक र पित पत्रकारिता गर्ने मिडिया र जुनसुकै ब्यक्ति, पार्टी र संगठनसँग आफु निरन्तर अभियान बनाएरै लड्ने बताएका छन् ।

के हो ‘मिडिया प्रोपोगाण्डा’ ?

‘प्रोपोगाण्डा’ तीन प्रकारको हुन्छ । कालो, खैरो र सेतो । कालो सतप्रतिशत झुट समाचार हो । खैरो आधा झुट र आधा सत्यको समिश्रण गरेर लेखिएको समाचार हो भने सेतो चाहिँ सतप्रतिशत सत्य समाचार ।

‘प्रोपोगाण्डा’ तीन प्रकारको हुन्छ । कालो, खैरो र सेतो । कालो सतप्रतिशत झुट समाचार हो । खैरो आधा झुट र आधा सत्यको समिश्रण गरेर लेखिएको समाचार हो भने सेतो चाहिँ सतप्रतिशत सत्य समाचार । नेपाली मिडियामा पनि बिभिन्न ‘हिडन इन्ट्रेस्ट’ भएका ब्यक्तिहरुको लगानी हुन थाल्यो । र उनीहरुले आफ्नो स्वार्थमा पत्रकारितालाई दुरुपयोग गर्ने काम गरिरहेका छन् । त्यसकै पछिल्लो उदाहरण हो हरिवोल गजुरेलमाथि लगाइएको मिथ्या आरोप । यो आरोपलाई ‘प्रोपोगाण्डा’को हिसाबले ‘ब्ल्याक’ अर्थात, कालो ‘प्रोपोगाण्डा’ हो भन्न सकिन्छ ।

 

जर्मनीमा हिटलर चान्सलर हुँदा उनले आफ्नो एक बिस्वासिलो पात्र जोशेफ ग्वेबल्सलाई ‘प्रोपोगाण्डा मिनिस्टर’ भर्ति गरेका थिए । ग्वेबल्सको काम कुनै एक गलत कुरालाई सय पटक निरन्तर प्रचार गरियो भने त्यो सबैले पत्याउँछन् र सत्य साबित हुन्छ भन्ने मान्यता थियो । र गर्थे त्यसै ।

विशेषगरी नेपालमा १० वर्षे जनयुद्ध, ०६२/०६३ सालको जनआन्दोलन र त्यसको जगमा लोकतान्त्रिक गणतन्त्र हुँदै देश समाजवादतर्फ उन्मुख भइरहँदा नेपाली मिडियामा पनि बिभिन्न ‘हिडन इन्ट्रेस्ट’ भएका ब्यक्तिहरुको लगानी हुन थाल्यो । र उनीहरुले आफ्नो स्वार्थमा पत्रकारितालाई दुरुपयोग गर्ने काम गरिरहेका छन् । त्यसकै पछिल्लो उदाहरण हो हरिवोल गजुरेलमाथि लगाइएको मिथ्या आरोप । यो आरोपलाई ‘प्रोपोगाण्डा’को हिसाबले ‘ब्ल्याक’ अर्थात, कालो ‘प्रोपोगाण्डा’ हो भन्न सकिन्छ ।

(तस्बिर सौजन्य :पत्रकार प्रमोद दाहाल)


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस