Techie IT
×
गृहपृष्ठसंसदअप्ठेरो बेलामा राष्ट्र नै एक भयो, खुसी लागेको छ : प्रधानमन्त्री ओली

अप्ठेरो बेलामा राष्ट्र नै एक भयो, खुसी लागेको छ : प्रधानमन्त्री ओली


काठमाण्डौ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गरेका छन् ।

मङ्गलबार संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिँदै र खुसी व्यक्त गरेका हुन् ।

संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिलेकाँही मात्रै देख्न पाइने तर नेपालको सन्दर्भमा देशलाई अप्ठेरो पर्दा राष्ट्रिय एकता दिइहाल्ने गरेको र सबैले जिम्मेवारीबोध गर्ने अत्यन्तै राम्रो चलन रहेको बताए ।

राष्ट्रियताको पक्षमा बौद्धिक समाज, नागरिक, सञ्चारमाध्यमलगायतले गरेका पहल पनि उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।

तर कहिलेकाहीँ राष्ट्रिय एकताको व्यवधान नपर्ने गरी असहमति देखा पर्ने गरेको तर जनभावना अनुसार देशलाई अघि बढाउने गरी असहमति नभएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।


क्याटेगोरी : संसद
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस