Techie IT
×
गृहपृष्ठसंसदप्रदेश २ को सरकारलाई कांग्रेस र माओवादीको समर्थन

प्रदेश २ को सरकारलाई कांग्रेस र माओवादीको समर्थन


काठमाडौं, २४ जेठ । प्रदेश २ मा केन्द्रमा बनेको गठबन्धन अनुसारको सरकार बन्ने भएको छ। जनता समाजवादी (तत्कालीन संघीय समाजवादी) को नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्ने भएका हुन्।

केन्द्रीय गठबन्धनको नीतिअनुरुप नै राउतले महन्थ ठाकुरपक्षीय चार जना मन्त्रीलाई आइतबार बर्खास्त गरेका छन्। महन्थपक्षका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतबार बर्खास्त गरिएको थियो। केन्द्रको गठबन्धनअनुसार सत्ता समीकरण हुने भएपछि राउतले महन्थपक्षका मन्त्री हटाएका हुन्।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसले चाहेको थियो। तर, उपेन्द्र पक्ष बलियो रहेको हुनाले उसकै नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयमा कांग्रेस पुगेको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले जसपा अध्यक्ष उपेन्द्र यादवसँग कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए। बाँकी अवधि कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव निधिले उपेन्द्रसँग गरेका थिए। कांग्रेस र माओवादीको प्रदेशमा साथ खोजेका यादव थप छलफल गर्ने वचन दिँदै शनिबार जनकपुर गएका थिए।


क्याटेगोरी : संसद
ट्याग : #hot, #lalbabu

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार