Techie IT
×
गृहपृष्ठसंसदनिराशातर्फ उन्मुख भएको बजेटमा के टिप्पणी गर्ने ?

निराशातर्फ उन्मुख भएको बजेटमा के टिप्पणी गर्ने ?


काठमाडौँ, १८ जेठ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयतालाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि संसदमा चलिरहेको छलफमा सहभागी हुँदै महतोले परम्परागत बजेट भएको र राज्यको चरित्रअनुसारको बजेट भएको टिप्पणि गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा महतोले भने, ‘यो बजेट त राज्यधारी जो छन् उनीहरूको पक्षपोषण गर्न ल्याइएको बजेट हो । राज्यविहीन राष्ट्रियताहरूलाई सिमान्तिकृत गर्ने कमजोर गर्ने प्रकारको बजेट आएको छ ।’

राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमागान गर्ने र कमजोर वर्ग तथा समूदायलाई झन कमजोर र कुनामा पार्ने रहेको भन्दै बजेट पनि सोहीअनुसारको आएको महतोको प्रतिक्रिया थियो ।

‘मलाई लाग्दैन आम नेपाली जनता यो बजेट आउँदा उत्साहित हुने अवस्था छ,’ महतोले भने, ‘आगामी आर्थिक वर्षको बजेट गणतान्त्रिक संविधान जारी भएपछिको तेस्रो बजेट हो । जस्तो पहिले आएको थियो, अहिले पनि त्यस्तै हो । थप निराशातर्फ उन्मुख भएको बजेटमा के टिप्पणी गर्ने ?’

बजेटले सरकार र सत्ताधारीहरू जनताप्रति वफादार छैनन् भन्ने देखाएको महतोको भनाई थियो। नागरिक भोकले मरिरहेको अवस्थामा सरकार भने कसैलाई भोकले मर्न दिँदैन भन्ने भाषणमा रमाएको उनको भनाइ थियो । ‘जनता त दिनदहाडै मरिरहेको छ । यहाँ भाषण गरिरहेको छ( मर्न दिँदैन, भनेर ।’

सरकारले बजेटमार्फत पनि संघीयतालाई कमजोर पार्ने काम गरेको महतोको भनाइ थियो । उनले भने, ‘संघीयतालाई सखाप पार्ने काम गरिरहेको छ सरकारले । सारा बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ रु ८९ प्रतिशत केन्द्रमा, ४ प्रतिशत प्रदेश र ७ प्रतिशत स्थानीय तहमा राखेर संघीयता बलियो हुन्छ ?/


क्याटेगोरी : संसद


प्रतिक्रिया दिनुहोस