कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा, एमालेका तीन मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ। प्रमुख सत्ता साझेदार नेकपा (एमाले)का तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनको सरकार अल्पमतमा परेको हो।
शाही मन्त्रिमण्डलमा रहेका प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्रीले मंगलबार शाहीलाई राजीनामा बुझाएका हुन्।
राजीनामा दिएपछि उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थितिमा आफूहरूले पार्टीको निर्णय मानेको बताए।
राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन्। गाडी पनि बुझाएपछि केहीबेरमा बस्न लागेको एमाले संसदीय दल बैठकमा सहभागी हुन उनीहरू मुख्यमन्त्री कार्यालयबाट पैदल गएका छन्।
क्याटेगोरी :
समाचार,
संसद,
कर्णाली प्रदेश
ट्याग : #breaking