Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशप्रतिनिधिसभाको अर्को बैठक २३ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक २३ गते बस्ने


काठमाडौं, १८ चैत । प्रतिनिधिसभाको बुधबारको बैठक सम्पन्न भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका दुई सांसदप्रति शोक प्रस्ताव पारित गर्दै अर्को बैठक २३ गते सोमबार बस्नेगरी बैठक सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।

सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बुधबार बसेको संसद बैठकमा प्रस्तुत गरिन्। त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गरिन् ।

त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गरे । शोक प्रस्ताव पारित बैठकले नेपाली काँग्रेसका सांसद नविन्दराज जोशी र लक्ष्मीदेवी भण्डारीप्रतिको शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसदप्रति मौनधारण गर्दै प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २३ गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्नप्रिसाद सापकोटाले जानकारी गराए । सांसद जोशीको चैत १३ गते उपचारको क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो भने भण्डारीको चैत १६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।


क्याटेगोरी : संसद, बाग्मती प्रदेश
ट्याग : #bicc, #hot, #samsad bhawan

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)