Techie IT
×
गृहपृष्ठसंसदकामचलाउ प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने

कामचलाउ प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने


काठमाण्डौ, २६ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि उनले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।


क्याटेगोरी : संसद
ट्याग : #breaking, #kp oli


तपाईको प्रतिक्रिया दिनुहोस