Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

युवा पलायनको समस्या समाधान गर्छौँ : अर्थमन्त्री पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले दिएका सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले संसदमा उठेका विषय बजेट निर्माणका क्रममा समेट्ने बताए ।

अर्थमन्त्री पुनले सरकारले लगानीअनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनर्संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने पनि बताए । उनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पुनले आउँदो वर्षको बजेट १६ औँ योजनाको सोचअनुसार पहिलो वर्षको प्रमुख कार्यान्वयन वर्ष हुने उल्लेख गरे । उनले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएर अहिले बढ्दो युवा पलायनको समस्या समाधान गर्ने पनि बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट