Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसंसदसंसदीय समितिको निर्देशन : ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्नु

संसदीय समितिको निर्देशन : ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्नु


काठमाण्डौ, २४ कात्तिक । संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानुन मन्त्रालयले गरेको निर्णयमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने आवश्यकता भए संसद्बाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वयन नगर्न निर्देशन दिइएको बताइन् ।

उनले भनिन्, ‘सरकारले गरेको निर्णयमा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरूमा औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त नेपालमा मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसद्बाट गर्नुपर्छ । नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननीयहरुको भनाइ रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ ।’

समितिको निर्णयमा भने सत्तारुढ दलकै दुई जना सांसदहरुले फरक मत राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राखेका हुन् ।


क्याटेगोरी : संसद
ट्याग : #breaking, #samsadiya samiti, #संसदीय समिति

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!