Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाईँदै

कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाईँदै


काठमाण्डौ, १६ कात्तिक । कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन् ।

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ । चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गरेका छन् । उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।


क्याटेगोरी : राजनीति, संसद, कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!