शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता, नयाँ खोल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने
काठमाडौं, २७ भदौ । सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानसहित बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक दर्ता गरिएको हो । देश संघीयतामा गएको ८ वर्ष वितिसकेपनि शिक्षा ऐन नआउँदा संघीयतामा शैक्षिक प्रणाली कस्तो हुने भन्ने अन्योल थियो ।
तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।
यसअघि साउन १६ गते पेस गरिएको विधेयकमा भने निजी विद्यालय अनिवार्य गुठीमा जानु पर्ने प्रावधान राखिएको थियो । तर निजी विद्यालय सञ्चालकहरूको तीव्र आलोचना, विरोध र दबाब पछि संसोधन गरेर विधेयक दर्ता गरिएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस