Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा


बुटवल । लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए। हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन्। दशैंमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकाल देखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो।  


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट