Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी सदस्यको मृत्यु


काभ्रे, ३२ जेठ । नमोबुद्ध नगरपालिका ११ की दलित महिला सदस्य ज्ञानी बिकको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको छ। श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो। घरायसी झगडाको क्रममा जेठ २९ गते राती शम्भुले ज्ञानीमाथि कुटपिट गरेका स्थानीयहरुले जनाएका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थप उपचारकै क्रम्मा बिहिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई जिल्ला प्रहरीले पक्राउ गरिसकेको एसपी भगेन्द्र पुरुष ढकालले जानकारी दिए। मृतक ज्ञानी दोस्रो कार्यकालको लागि नमोबुद्ध नगरपालिकामा दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन्। उनको शव अहिले पोष्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट