Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

गोरखाको ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना


गोरखा, ३१ जेठ । गोरखा नगरपालिका ८ ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजना गम्भीर छन्। उनीहरुमध्य दुई जना गम्भीर छन् । गम्भीर रहेका दुई जनालाई चितवको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। बसमा १५ जना सवार थिए । १० जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लामिछानेले बताए । बसको ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट