Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशधनुषामा बञ्चरो र खुकुरी प्रहार गरि एक जनाको हत्या

धनुषामा बञ्चरो र खुकुरी प्रहार गरि एक जनाको हत्या


धनुषा, १६ मंसिर । धनुषामा घरेलु हतियार प्रयोग गरि एक जनाको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका ४ रमौलका ५३ वर्षीय प्रभु यादवको घरेलु हतियार प्रयोग गरि हत्या भएको हो ।

यस घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।

हिजो बिहीवार राति स्थानीय सुरज यादवसहितको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएको प्रभुका छोरा अशोकले बताए । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरको उनले बताए ।

झन्डै दुई महिनाअघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गए रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छोरा आशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hatya


सम्बन्धित समाचार