हिंसा, विभेद र ज्यादतीविरूद्ध एक जुट हुन आह्वान
बुटवल उपमहानगरपालिकाले देशभर बढेको हत्याहिंसा, विभेद र ज्यादतीविरुद्ध सबैलाई एक हुन आग्रह गरेको छ । लैगिंक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख गुमादेवी आचार्यले रासससँग कुरा गर्दै हिंसाविरुद्ध गरिएका साझा संकल्पलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए ।
लैगिंक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा बुटवल जुटेको छ । हिंसाका घटनाले समाजलाई फेरि अर्को अन्धकारतिर धकेल्ने कोशिस भइरहेको आशंका बढाएको बताउँदै उहाँले यस्ता जघन्य अपराध गर्ने सबैलाई कानूनी कारवाहीको दायरामा ल्याइने र पीडितलाई न्यायको अनूभुति दिलाइने प्रष्ट पारे ।
क्याटेगोरी :
समाचार