Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशहात्तीका दुई सय मूर्तिहरु अलपत्र

हात्तीका दुई सय मूर्तिहरु अलपत्र


रुपन्देही, १४ मंसिर । रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरु संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तारबार नहुँदा पशुचौपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरु तोडफोड भएर अलपत्र परेका हुन्।

गतवर्ष मन्दिर संरक्षणका लागि एक लाख ५० हजार रूपियाँ बजेट आएको र उक्त रकमले मन्दिर नजिकै पौवा बनाउँदा सकिएको बताउँदै स्थानीय विष्णु ज्ञवाली भन्छन्, ‘मूर्तिहरु तोडफोड भए तारबार गर्नुपर्छ भनेर छलफल त हुन्छ तर केही हुन सकेको छैन ।’

शताब्दीयौँ पुरानो सो मन्दिरमा मागेको कुरा पुग्छ भन्ने जनविश्वास रहँदै आएको छ । उक्त मन्दिरमा आफूले इच्छाइएको पूरा भएपछि हात्ती र घोडाको मूर्ति बनाइदिने प्रचलन रहेको स्थानीहरु बताउँछन् । त्यहाँ अहिले नयाँ पुराना गरेर दुई सय मूर्तिहरु छन् । स्थानीय ७५ वर्षीय कलाधर ज्ञवाली भन्छन्, ‘यस्ता बहुमूल्य वस्तुको संरक्षण हुनुपर्छ ।’

कोटियामाई व्यवस्थापन समितिका अध्यक्ष विष्णु चौधरीकाअनुसार एक लाख बजेटले तारबार गर्ने तयारी छ सैनामैना नगरपालिकाका नगरप्रमुख फणीन्द्र शर्माले मन्दिर संरक्षणको लागि बजेट छुट्याइएको बताए ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #elephant


सम्बन्धित समाचार