उदयपुर १ मा मतगणना गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।
विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेको थियो । आयोगले भने आज सोमवार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा खड्काले अग्रता कायम गरेका छन् ।
क्याटेगोरी :
राजनीति,
समाचार
ट्याग : #hot