Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौंबाट चुनाव जित्नेसँग सहकार्य गर्न आतुर छौं : बालेन साह

काठमाडौंबाट चुनाव जित्नेसँग सहकार्य गर्न आतुर छौं : बालेन साह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई बधाई दिएका छन् । सामजिक सञ्जाल मार्फत काठमाडौंका ९ जना सांसदको तस्वीर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईँहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाडौं बनाउन हामी आतुर छौं ।’

काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरी नै सकारात्मक उर्जा ल्याउने बताउँदै उनले भनेका छन्, ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ ।’

उनले काठमाडौं १० बाहेक अरु सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्वीर राखेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा भने काठमाडौं महानगरको कुनै पनि वडा पर्दैन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस