Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वकपमा आफ्नो टोलीले जितेपछि जापानी समर्थकले सफा गरे रंगशाला

विश्वकपमा आफ्नो टोलीले जितेपछि जापानी समर्थकले सफा गरे रंगशाला


काठमाडौं, ८ मङ्सिर । विश्वकपमा आफ्नो टोलीले जितेपछि समर्थकले के गर्लान् ? यस प्रश्नको सहज उत्तर तत्काल हुटिङ गर्ने, खेल जितेको खुशीयालीमा पार्टी र रमाइलो गर्ने । तर कतारमा जारी विश्वकपमा जापानका समर्थकले खेल जितेसँगै रङ्गशालाको प्यारापिटमा रहेका फोहोर सङ्कलन गरेका छन् ।

खालिमा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको खेलमा जापानले चार पटकको विश्वकप उपाधि विजेता जर्मनीलाई २–१ गोलले हरायो । जापानले विश्वकपमा पहिलो पटक जर्मनीलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्दा जापानी समर्थकले खुशीसँगै खालिफा रङ्गशालाको फोहोर सङ्कलन गरेर उदाहरणीय छाप छोडेका छन् ।

खेलमा जर्मनीलाई जितेको जापानका समर्थकले विश्वभरका फुटबलप्रेमीको मन जितेका छन् । खेल सकिएपछि जापानी समर्थकले आफूले गरेको फोहोरसँगै अन्य दर्शकले गरेको फोहेरसमेत सङ्कलन गरिरहेको दृश्यले अहिले विश्वको ध्यान खिचेको छ ।

समूह ‘ई’ मा रहेको जापानलाई जिताउन रित्सु डोन र ताकुमा असनोले गोल गरेका थिए। जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना गोलमा परिणत भएको थियो । उत्कृष्ट पुनरागमन गर्दै जर्मनीलाई हराएको जापान तीन अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्पेनको पनि समान तीन अङ्क छ । बुधबार राति नै भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले हराएको थियो । एजेन्सी

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, रोचक, समाचार
ट्याग : #football, #japan, #world cup

तपाईको प्रतिक्रिया दिनुहोस