Techie IT
×
गृहपृष्ठप्रदेशजनार्दन शर्मा तेब्बर मतले अगाडि

जनार्दन शर्मा तेब्बर मतले अगाडि


रुकुम, ८ मंसिर । पश्चिम रुकुमको प्रतिनिधिसभा सदस्यतर्फ अर्थमन्त्री एंव नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा तेब्बर मतले अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको पश्चिम रुकुममा शर्माले २४ हजार ८ सय २४ मत प्राप्त गरेका छन् । शर्माका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ म्त प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक के.सीले १ हजार ७ सय ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ५ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका हरी बहादुर पुनले ७१ र अर्का स्वतन्त्र उम्मेदवार स्वतन्त्र राजन पाण्डेले ५४ मत ल्याएका छन् ।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #janardan sharma

तपाईको प्रतिक्रिया दिनुहोस