Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वकप फुटबल : आज चारवटा खेल हुने

विश्वकप फुटबल : आज चारवटा खेल हुने


काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई–दुई खेल हुनेछन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक(एक खेलको समीकरण पूरा हुनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #cup, #world cup football

तपाईको प्रतिक्रिया दिनुहोस