Techie IT
×
गृहपृष्ठसमाचारपुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण

पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण


काठमाडौं, १९ भदौ । बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन।

उनका अनुसार संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस