Techie IT
×
गृहपृष्ठजनमञ्चयो सुखद संकते होइन

यो सुखद संकते होइन


नयाँ संविधान जारी भएको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते सम्पन्न भएको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।

बिगत २०४८ सादेखिको खसेको मत प्रतिशत हेर्दा यस पटक सबैभन्दा कम मत खसेको छ । तथ्याङ्कलाई हेर्ने हो भने २०४८ सालमा ६५.१५, २०५१मा ६१.८६, २०५६मा ६५.७९, २०६४मा ६१.७, २०७०मा ७८.३४, २०७४ मा ६८.६७ प्रतिशत मत खसेको थियो । तर, यस पटक भने एक करोड नौ लाख अर्थात, ६१ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान छ । नयाँ संविधान, नयाँ व्यवस्थापछि भएको यो दोस्रो निर्वाचनमा देखिएको यो निराशा, असन्तुष्टिलाई वहाना जे गरिए पनि सुखद मान्न सकिँदैन ।

केही जिल्लाका मतदान केन्द्रमा केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारु भएका थिए । नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं. ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको निर्वाचन अयोगले जनाएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय आयोगले गरेको छ ।

बिगत २०४८ सादेखिको खसेको मत प्रतिशत हेर्दा यस पटक सबैभन्दा कम मत खसेको छ । तथ्याङ्कलाई हेर्ने हो भने २०४८ सालमा ६५.१५, २०५१मा ६१.८६, २०५६मा ६५.७९, २०६४मा ६१.७, २०७०मा ७८.३४, २०७४ मा ६८.६७ प्रतिशत मत खसेको थियो । तर, यस पटक भने एक करोड नौ लाख अर्थात, ६१ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान छ । नयाँ संविधान, नयाँ व्यवस्थापछि भएको यो दोस्रो निर्वाचनमा देखिएको यो निराशा, असन्तुष्टिलाई वहाना जे गरिए पनि सुखद मान्न सकिँदैन ।

मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ । अन्य केही स्थानमा पनि केही नागरिकको घाइते भएका छन् । धेरै जिल्लाका मतदान केन्द्रमा हवाई फायर भएका छन् । निर्वाचनमा घाइते भएहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तत्काल सरकारले मिलाउनु पर्छ । निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न केहीलाई आयोगले कारबाहीसमेत गरेको जनाएको छ ।

यस पटकको मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा पनि खसेको पाइएको छ । यो घटना हेर्दा मदतानमा खटिने कर्मचारीलाई उचित तालिमको अभाव र मतदाताहरुमा मतदाताशिक्षा अपुग भएको ठोकुवा गर्न सकिन्छ । सस्तो लोकप्रियताका लागि निर्वाचन आयोगका जिम्मेवार आयुक्त र पदाधिकारीले धम्कीपूर्ण भाषा बोल्दै पटक पटक गरेका पत्रकार सम्मेलनले खासै उपब्धि हात पार्न नसेको ठम्याई छ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मंसिर ४ को साँझदेखि नैं मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । कतिपय स्थानमा मतगणना जारी छ ।
मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार दिनु आयोगको अवको प्रमुख कार्य हुनुपर्छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन जर्न जरुरी छ ।


क्याटेगोरी : जनमञ्च, बिचार, समाचार
ट्याग : #breaking, #editorial, #jhilko

तपाईको प्रतिक्रिया दिनुहोस