Techie IT
×
गृहपृष्ठजनमञ्चचुनावमार्फत मुलुकलाई पछाडि धकेल्ने प्रवृत्ति हावी, मुख्य दोष दलहरूकै

चुनावमार्फत मुलुकलाई पछाडि धकेल्ने प्रवृत्ति हावी, मुख्य दोष दलहरूकै


काठमाडौं । नयाँ संविधान निर्माणपछि नेपालमा दोस्रो पटक आमनिर्वाचन भयो । प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको यो निर्वाचनले मतगणनाको प्रारम्भिक चरणमै नयाँ संकेत देखाएको छ । अनुमान गरेभन्दा केही नवीन तस्वीर देखाएको छ ।
जनताले पुराना पार्टी, नेतृत्वको कायैशैली, जीवनशैलीमाथि धेरै ठूलो प्रश्न उठाएको प्रतित हुँदैछ । परम्परागत पार्टीका नेताहरु जनसेवकभन्दा पनि बढी शासक बनेकोे आम बुझाइ जनतामा रहेको र त्यसको जवाफ मतदानमार्फत गरिएको प्रारम्भिक परिणामले संकेत गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो आमनिर्वाचनसम्म आउँदा पनि स्थापित पार्टीका शीर्ष नेताहरुको पुरानो सोच, शैली नबदलिएका कारण जनता निराश र असन्तुष्ट बनेका छन् । र, जनताको एउटा पंक्तिले विकल्प खोजेका छन् । विचार, राजनीतिबाट मात्र होइन व्यावहारिक रुपमा पनि मतदाताले नयाँ खोजेको देखिएको छ ।

टेलिभिजन उदाएका एक साधारण पत्रकार र कयौं ‘नयाँ’ आवरणकाहरूले असाधारण मत परिणाम ल्याउनुलाई सामान्य राजनीतिक परिघटना मान्न सकिदैंन । यसले वलिदानबाट उदाएको माओवादी केन्द्रलाई मात्र होइन लोकतन्त्रको पुरानो परम्परा बोकेको नेपाली कांग्रेस, वामपन्थी आन्दोलनको लामो इतिहास बोकेको एमाले र उत्पीडनबिरुद्ध बिद्रोह बोलेका मधेसवादीलाई समेत धक्का दिएको छ ।

जनयुद्ध, आन्दोलनबाट खारिएका शीर्ष नेताहरुमा समेत सामन्ती जमिन्दारीप्रथा रहेको अनुभूत जनताको ठूलो पंक्तिले गरेको देखिनु दुःखलाग्दो कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा चुनावी गठबन्धन भयो तर यो गठबन्धन सत्तामा पुग्ने, आफ्नो पहुँच बढाउने, आफ्नो आसेपासेको हितमा प्रयोग भएको अधिकांश जनताको बुझाइ रह्यो । राजनीतिक अजेण्डालाई स्थापित गर्नै सकिएन । एमसीसी, नागरिकता विधेयक जस्ता सार्वभौमसत्ताका गम्भीर विषयमा समेत कुनै पार्टीमा फरक नदेखिएको जनताको बुझाइ रह्यो ।

टेलिभिजन उदाएका एक साधारण पत्रकार र कयौं ‘नयाँ’ आवरणकाहरूले असाधारण मत परिणाम ल्याउनुलाई सामान्य राजनीतिक परिघटना मान्न सकिदैंन । यसले वलिदानबाट उदाएको माओवादी केन्द्रलाई मात्र होइन लोकतन्त्रको पुरानो परम्परा बोकेको नेपाली कांग्रेस, वामपन्थी आन्दोलनको लामो इतिहास बोकेको एमाले र उत्पीडनबिरुद्ध बिद्रोह बोलेका मधेसवादीलाई समेत धक्का दिएको छ ।

जनतामा मत दिने खासै उत्साह यसपालि देखिएन । कतिपयले घण्टी लगायतका नयाँ चिन्हमा उत्साहका साथ दिए पनि अधिकांश मतदाताले औपचारिकतामात्र पूरा गरे जस्तो देखियो । मत दिनेहरुमा समेत खासै उत्साह देखिएन । स्थानीय तहको जति मत दिन पनि जनता मतदान केन्द्रमा गएनन् ।

यस्तो किन भयो भने ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने भनाइलाई एकथरिले आमजनतामा जवर्जस्त स्थापित गरे । यो गलत थियो । असल र खराबलाई एउटै कोटीमा राखेर खराबलाई अगाडि बढाउने प्रपञ्च हो यो । मान्छेलाई तुलनात्मक विश्लेषण नगरिकन पुराना होइन नयाँ भनेर मिडियाबाट पनि जवर्जस्त स्थापित गरियो । पुराना सबै खराब भनेर एकोहोरो प्रचार गरियो । निराशा, असन्तुष्टि बढाइयो ।

नयाँ भन्ने वित्तिकै राम्रो हुन्छ भन्ने बनाइयो । देश र जनतालाई प्राथमिकतामा राखेर निश्वार्थ रुपमा काम गर्नेमाथि पनि प्रहार गरियो । साम्प्रदायिक, अन्धविश्वास र जातीय आधारमा समेत मत झरेको देखियो । जसले सत्यलाई स्थापित गर्न सकेन ।
बास्तबमा निर्वाचन जनताको राजनीतिक चेतना स्तर नाप्ने महत्वपूर्ण ब्यारोमिटर हो । देशमा अधिकांश जनता श्रमिक छन । तिनै श्रमिक जनताले आफ्नो बर्ग बिरोधी जिताउन खोजेको देखिदैछ ।

तर, दोष जनताको होइन । जब श्रमजीवी बर्गको सेवा गर्ने नेताले जनताको सरोकार हेर्दैन, जनहितमा नियम, कानुन बनाउँदैन भने हुने यस्तै हो । यसबाट समाजलाई थप पछि धकेल्ने प्रवृत्तिलाई नै फाइदा पुगेको छ ।


क्याटेगोरी : जनमञ्च, बिचार, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस