Techie IT
×
गृहपृष्ठसमाचारआइतबार थपिए ४ सय २५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५७६० पुग्यो

आइतबार थपिए ४ सय २५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५७६० पुग्यो


काठमाडौं, ३२ जेठ । आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ।

पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्। नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस