Techie IT
×
गृहपृष्ठसमाचारकर्णाली नदीमा दाउरा छोप्न गएकामध्ये एकको शव फेला

कर्णाली नदीमा दाउरा छोप्न गएकामध्ये एकको शव फेला


बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुईमध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए।

चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस