Techie IT
×
गृहपृष्ठप्रदेशललितपुरमा ट्राफिक प्रहरीलाई कुटपिट गर्ने नौ जना पक्राउ

ललितपुरमा ट्राफिक प्रहरीलाई कुटपिट गर्ने नौ जना पक्राउ


ललितपुर, १९ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरे पछि ललितपुरको अवस्था सामान्य बनेको छ । रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

बिहीबार रातो मच्छेन्द्रनाथको रथ तान्ने बिषयमा स्थानीय र प्रहरीबिच झडप भएको थियो । झडपपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फयू लगाएको हो । महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले कर्फयूपछि अवस्था सामान्य बनेको बताए । उाले कर्फयूको पुर्ण पालना भएको जानकारी दिए।

बिहीबार रथ तान्ने समुहले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए । तिनीहरुमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए। अहिले क्षमा पुजा भैरहेको र अवस्था सामान्य रहेको उनले बताए ।

त्यस्तै हिजै स्थानीय सरोकारवाल,जनप्रतिनिधिहरू समेत सहभागी बैठकले घटनामा स्थानिय गुठी वा कुनै समुहको सहभागिता नभएको भन्दै घटनाप्रति खेद व्यक्त गरेका थिए । साथै बैठकले यो वर्षको भोटो जात्रा नगर्ने निर्णय समेत गरेको थियो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस