Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशरुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु


बुटवल, १९ भदौ । रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिएअनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए । शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका(८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(७ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगकी बिरामी निमोनिया देखिएपछि उहाँलाई भदौ ४ गते अस्पतालको आईसीयूमा राखेर उपचार गराइएको थियो ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस