गृहपृष्ठ ∕
प्रदेश ∕
मनमोहन अस्पतालको आकस्मिक कक्षभित्रै छिरेर बिरामीमाथि आक्रमण
मनमोहन अस्पतालको आकस्मिक कक्षभित्रै छिरेर बिरामीमाथि आक्रमण
काठमाडौं, १९ भदौ । काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।
उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गर्नुका साथै सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षागार्डहरुलाई समेत हातपात गरेको अस्पतालले जनाएको छ।
उनीहरुले ईसिजी मेशिन, ड्रेसिड र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेपछि हाल अस्पतालको अन्य सेवाहरु पनि बन्द गरिएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।
अस्पतालले घटनाको भत्सना गर्दै सम्बन्धित निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार,
स्वास्थ्य
ट्याग : #hot