जुम्लाका प्रजिअलाई कोरोना संक्रमण
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिनुभएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #Corona